रुसी सेनामा नेपाली

रुसी सेनामा आवद्ध लमजुङका एक युवकको मृत्यु

मंगलबार, माघ २, २०८०

काठमाडौं- रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । 

लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको पालिकाले जानकारी दिएको छ । यद्यपि यसबारे परराष्ट्र मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

पालिकाका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको हो । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

योसँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या १२ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्