Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागरिक उन्मुक्ति पार्टीको निर्विरोध अध्यक्ष बन्दैछन् रेशम चौधरी, एकल उम्मेदवारी

शुक्रबार, पुस २७, २०८०

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको एकल उम्मेदवारी परेको छ। जारी पहिलो महाधिवेशनमा चौधरीको मात्र उम्मेदवारी परेको हो।  

योसँगे चौधरी सक्रिय राजनीति र जिम्मेवारीमा फर्किन सक्छन्। दलको संरक्षकको मात्र जिम्मेवारीमा रहेका उनी भाइटल रोलमा फर्किन लागेका हुन्।

टिकापुर घटनाको मुख्य योजनाकार र दोषीका रुपमा चौधरी जेलमा रहेका बेला पार्टी गठन भएको थियो। त्यसबेला उनी अध्यक्षको जिम्मेवारीमा बस्न नमिल्ने भएकाले पत्नी श्रेष्ठलाई उभ्याइएको थियो। 

निर्वाचन आयोगले मान्यता दिए चौधरी निर्विरोध अध्यक्षमा निर्वाचित हुनेछन्। राजनीतिक मुद्दामा जेल परेको भन्ने तर्कका आधारमा चौधरीको उम्मेदवारी एकल रुपमा परेको हो। 
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्