सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

बुधबार, पुस २५, २०८०

काठमाडौं- जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । साेअनुसार बुधबारका लागि सजाय निर्धारणका लागि पेसी तोकिएअनुसार ८ वर्ष कैद सजायको फैसला भएको हो ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्दीप लामिछाने निलम्बन
बुधबार, पुस २५, २०८०