कोशी प्रदेश सभामुखबाट विष्टलाई राप्रपाले फिर्ता बोलाउने

मंगलबार, पुस २४, २०८०

काठमाडौँ– कोशी प्रदेशको सभामुखमा आजै निर्विरोध निर्वाचित भएका अम्बर बहादुर विष्टलाई राप्रपाले फिर्ता बोलाउन निर्देशन दिएको छ ।

आज बसेको राप्रपा केन्द्रीय कार्य समितिको बैठकले कार्य सम्पादन समितिलाई कोशीका सभामुख विष्टलाई फिर्ता बोलाउन निर्देशन दिएको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले सभामुख विष्टलाई फिर्ता बालाउन निर्देशन दिएको जानकारी दिए ।

सत्ता गठबन्धनको समर्थनमा कोशीको सभामुखमा राप्रपाका विष्ट निर्वाचित भएका थिए । उनले पद तथा गोपनीयताको सपथ समेत खाइसकेका छन् ।

RPP-Nepal-1704811781.jpg

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्