‘तपस्वी’ रामबहादुर बमजन पक्राउ

मंगलबार, पुस २४, २०८०

काठमाडौँ– ‘तपस्वी’ रामबहादुर बमजनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

लामो समयदेखि फरार रहेका बमजनलाई (सीआईबी)ले आज बुढानिलकण्ठबाट उनलाई पक्राउ गरेको हो । आफूलाई लिटिल बुद्ध बताउने बमजन बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चामा आएका थिए । 

आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । बमजनलाई पक्राउ गर्न प्रहरीले पटक–पटक उनको सिन्धुलीस्थित आश्रम र अन्य केही शंकास्पद स्थानमा छापा मारेको थियो । 

यद्यपी, उनको पक्राउबारे प्रहरीले विस्तृत विवरण दिएको छैन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्