Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

आइतबार, जेठ ६, २०८१

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा यात्रा’ सुरु गरेका छन् ।

पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका सबल र दुर्वल पक्ष पहिचानका लागि डा. ढकालले असार ५ गतेसम्म देशभर यात्रा गर्ने रास्वपाले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा समीक्षा यात्राकाका लागि घण्टी दिएर विदाई गर्दै सभापति रवि लामिछानेले महामन्त्री ढकालमार्फत विभिन्न पक्षबाट प्राप्त हुने सुझावले पार्टीलाई चुस्त–दुरुस्त र थप जनमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

‘पार्टीले सधैं नागरिक, सदस्य र सरोकारवालाबीच पुगेर तिनका सुझावका आधारमा आफूलाई परिस्कृत गर्नुपर्छ। महामन्त्रीज्यूको यो यात्रा पार्टी स्थापना यता हामीले लिएको नीति र निर्णयको समीक्षाका लागि सहयोगी हुने विश्वास लिएको छु’ सभापति लामिछानेले भने ।

वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो।

 

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्