नेभिगेशन
समाज विविध

बर्दियामा पाटेबाघ मृत फेला

काठमाडौं - बर्दियामा पाटेबाघ मृत फेला परेको छ।

आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो।

एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए। थप अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशका अधिकांश भागको मौसम सफा रहने