रामबहादुर बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बिहीबार, पुस २६, २०८०

काठमाडौं- जिल्ला अदालत सर्लाहीले 'तपस्वी' रामबहादुर बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश विष्णु रेग्मीको इजलासले आज थुनछेक बहसपछि बमजनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको हो ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको थियो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको हो ।

आज अदालतमा बमजनका तर्फबाट ५ जना र वादीको तर्फबाट २ जना सरकारी वकिलले बहस गरेका थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्