नेभिगेशन
समाचार

राष्ट्रिय सभा निर्वाचन : शेखर समूहले पाएका चार सीटमा को-काे परे ?

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले राष्ट्रिय सभा निर्वाचनका लागि आफूले पाएको चार सिटका लागि उम्मेद्‌वार टुङ्ग्याएको छ। काग्रेसले राष्ट्रिय सभामा पाएको १० मध्ये सभापति शेरबहादुर देउवासँगको सहमतिमा शेखरले चार सिट पाएका हुन्।

कोइरालाले बागमती, लुम्बिनी र गण्डकीबाट चार सिट पाएका छन्। कोइराला समूहले बागमतीबाट विष्णु देवी पुडासैनी, लुम्बिनीबाट विष्णु सापकोटा , गण्डकीबाट किरणबाबु श्रेष्ठ र दलित अपांगबाट पदमबहादुर परियारलाई राष्ट्रियसभाका लागि उम्मेद्‌वार बनाउने भएकाे छ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाले तीन सिटभन्दा दिन नसक्ने बताएपछि शेखर संसदीय बोर्डको बैठक छाडेर निस्किएका थिए। पछि देउवाले चार सिट दिने खबर पठाएपछि शेखर बैठकमा फर्किएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार