बरहथवा घटना

बरहथवा पुनः तनावग्रस्त, कर्फ्यू आदेश जारी

आइतबार, पुस २२, २०८०

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा सोमबार विहानसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ ।

बरहथवामा एक जनाको मृत्यु भएको विषयमा आइतबार पुनः तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमबार विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको हो ।  

नगरपालिकाकी मेयर कल्पनाकुमारी कटवालको घरमा स्थानीयले ढुंगामुढा गरेका छन् । स्थानीयले प्रहरी कार्यालयमा समेत आक्रमण गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार मेयरको घरमा समेत ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन आठ सेल अश्रुग्यास हानेको छ। 

barthawau_sarlahi1-1704632679.JPG

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर शुक्रवार प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीको गोली लागेर बरहथवा–६ का युवा जयशंकर साहको मृत्यु भएको थियो । मृतक साहको शव अहिलेसम्म उठ्न सकेको छैन ।

barthawau_sarlahi-cnnepal-1704632817.JPG

सोहि घटनालाई लिएर स्थानीयले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा समेत गरेका छन् । कर्फ्यू जारी भएपनि स्थानीयले भने प्रदर्शन गरिरहेका छन् ।

barthawau_sarlahi-1704632734.JPG

स्थानीयहरुले मेयर कल्पना कुमारी कटुवाललाई कारवाही हुनुपर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने, गोली चलाउने र आदेश दिनेलाई कारबाही गर्नुपर्ने लगाएतका माग राखेका छन् । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्