नेपाल-भारत संयुक्त बैठक

नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न, के-के भयो छलफल ?

बिहीबार, पुस १९, २०८०

काठमाडौं- नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विविध विषयमा छलफल भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार होटल याक एन्ड यतिमा भएको छलफलमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको हो।

दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरेका थिए।

बैठकमा दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध, व्यापार कनेक्टिभिटी र राजनीतिक सम्बन्धलगायत विषयमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।

बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो।

सिंहदरबारमा ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका ऊर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहानै काठमाडौं आइपुगेका आएका थिए।

मन्त्री जयशंकरले बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार