भारतीय प्रधानमन्त्री मोदीको कस्तो सन्देश लिएर काठमाडौं उत्रिए विदेशमन्त्री जयशंकर?

बिहीबार, पुस १९, २०८०

काठमाडौंउच्च स्तरीय राजनीतिक भेट गर्नेगरी काठमाडौं आईपुगेका भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीका केही राजनीतिक चासो लिएर आएका छन्।

यसै बर्ष भारतमा आम निर्वाचन हुने बेला संयुक्त आयोगको बैठकमा भाग लिनेगरी भारतीय विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा उत्रिएका जयशंकरका साथमा सचिव विनयमोहन क्वात्रा सहसचिव अनुराग श्रीवास्तवसहितको टोली छ। श्रीवास्तव भारतका तर्फबाट नेपाल डेस्क हेर्ने अधिकारी हुन्।

नेपालमा हिन्दूत्वको विषय उठान भइरहेको सन्दर्भमा जयशंकर मोदीको सोहीसम्बन्धी चासोसाथ आएको बताइन्छ। कतिपय सन्दर्भमा नेपाली कांग्रेसका नेतासमेतले हिन्दूत्वको विषयलाई महत्व दिएको अवस्थामा मोदीको चासो नेपालको धर्म निरपेक्षताको सवालमाथि रहेको बताइन्छ। संविधान संशोधनको विषय भारतका लागि चासोको विषय रहेको यहि सन्देश समेत जयशंकरले ल्याएका छन्।

उच्चस्तरीय भेटको अर्थ कारण हुन्छन्। भारतीय प्रधानमन्त्रीका अति निकट विश्वास पात्र रहेका जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँगको भेटमा महत्वपूर्ण कुरा राख्नेछन्, उच्च स्रोतले भन्यो,‘यसबाहेक नेपाल भारत सम्बन्धको विषय लगानीका चासो रहने नै भए।

शुक्रबारसम्म हुने परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा जयशंकरको टिम बस्नेछ। यसअघि नेपालको संविधान संशोधनको विषय, संविधानमा भारतीय चासोको सन्देश लिएर मोदीका खास दूतका रुपमा आइसकेका जयशंकर विदेश मन्त्री भएर पनि दुई पटक भन्दा बढी आइसकेका छन्। 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्