Nic Ad Nic Ad
Nic Ad Nic Ad
फेरि राजसंस्थाको बहस

यस्तो छ ‘बेबी किङ’ चर्चाको केन्द्रमा रहेका हृदयेन्द्र शाहको राजयोग कुन्डली

बुधबार, पुस १८, २०८०

काठमाडौंपश्चिम नेपालको भ्रमणमा रहेका राजा ज्ञानेन्द्र शाह राजसंस्था पुनःस्थापनाको चर्चाबाट हौसिएका छन्।

नागरिक अभिनन्दनका लागि भैरहवा हुँदै आसपासका जिल्ला भ्रमणमा रहेका उनले उत्तराधिकारीका रुपमा चर्चामा रहेका नाती हृदयेन्द्र शाहलाई सँगै मञ्चमा राखेको तस्बिरको पनि सर्वत्र भाइरल गराइएको छ।

बेबी किङ भए पनि ज्ञानेन्द्र स्वीकार गर्न तयार रहेको विषय सतहमा आएका बेला नाती हृदयेन्द्रबारे भने उनले केही भनेका छैनन्। तर, परिस्थितिले हृदयेन्द्रलाई राजसंस्था माग गरिरहेकाहरूले केन्द्रमा तानेको खण्डमा उनको कुन्डली कस्तो रहेछ भन्ने उत्सुकता समेत रहेको पाइन्छ।  

तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विराटनगरमा पुगेर भनेका थिएराजतन्त्रका नाममाबेबी किङ हुन सक्छ। भर्खरै जनआन्दोलन सम्पन्न गरी लोकतन्त्र घोषणा भएका बेला राष्ट्रप्रमुखकै हैसियतमा रहेका कोइरालाको वक्तव्यको तिव्र आलोचना भयो।

त्यसो हालैका दिनमा पनि कांग्रेसको मेलमिलाप दिवसको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजसंस्था नफर्किने ठोकुवा गरेका छन्।

यद्यपि, हृदयेन्द्रको राजयोगको कुन्डलीबारे यहाँ चर्चा गरिएको छ।

प्रायः बाहिर ननिस्कने उनी मिडियाको नजरमा खास समयमा मात्र पर्ने गरेका छन्। धर्ममा रूची राख्ने हृदयेन्द्रका विषयमा विभिन्न ज्योतिषहरूले बलियो कुन्डली सार्वजनिक गरेका छन्।

ज्योतिष पण्डित पद्मभक्त खरेलका अनुसार कृष्णपक्ष षष्ठी तिथिको अमृत समयमा जन्मिएका कारण उनको राजयोग छ। अर्थात्, राज्यको उपल्लो निकायमा उनी बस्नुपर्ने देखिन्छ।

हृदयेन्द्र विस २०५९ श्रावण १४ गते (३० जुलाई २००२) मंगलबार श्रावण कृष्णपक्ष षष्ठी तिथिका दिन मध्यान्ह १२ बजेर ४९ मिनेटमा जन्मिएका थिए।

कर्मस्थानमा सूर्य, मंगल, बुध बृहस्पति सहितका बुधादित्यका कारण राज योगमा जन्म भएको , खरेलले भनेका छन्,‘राजा हुने योग छ। यो शास्त्रीय प्रमाणको आधार हो।

चन्द्रमालाई राशि स्वामीको मित्र दृष्टि ¥यो भने धनवानको योग समेत ल्याएका हृदयेन्द्रको जन्मलग्न कुन्डली अनुसार छैठौं भावमा कृष्णापक्षको दिनको चन्द्रमा रहेकाले सबै अनिष्ठ नाश हुने शास्त्रीय प्रमाण रहेको खरेलले बताएका थिए।

चन्द्रमा बसेको घर मीन राशि हो मीन राशिको स्वामी बृहस्पति राज्यभावमा बसेर नवौं दृष्टिले पूर्ण देखेको हुँदा योगले राजा नभई छोड्ने छैनन् भन्छ, खरेलले केही बर्षअघि भनेका थिए।

हृदयेन्द्रको जन्मलाई पृथ्वीनारायण शाहको कुन्डलीसँग दाँजेका उनले कुनै पनि स्थानमा ग्रह वा त्यो भन्दा माथि हुने मान्छे पुरूषार्थ हुने ज्योतिष विज्ञानले पुष्टि गरेको दाबी गरेका विवरण अहिले पनि पाइन्छन्।

पृथ्वीनारायण शाहको वटा ग्रह थियो

पृथ्वीनारायण शाहले जन्मिदै एउटै घरमा ग्रह लिएर जन्मिबक्सेकाले त्यो प्रबज्या योगले पुरूषार्थ गरेर देखायो। यस्तै हृदयेन्द्रकोे हकमा पनि लागू हुने देखिन्छ उनले भनेका थिए,‘ प्रबज्या योगको प्रबल योग बनेर पनि पृथ्वीनारायण शाह एकीकरणका महापुरूष राष्ट्र निर्माता किन भए भन्दा जन्मलग्न कुन्डलीको ग्रहका साथ पञ्चमभावमा रहेको बृहस्पतिले लग्नलाई नवम पूर्ण दृष्टिले देखेको अवस्था हुँदा सबै अरिष्टहरू नाश भएर गए।

हृदयेन्द्रको जन्म लग्न कुन्डलीको दशमभाव केन्द्र भावमा कर्कटको बृहस्पति उच्च भएर रहेको अवस्था हँुदा सबै अरिष्टहरू नाश भएका छन्। दशमभावमा रहेका ग्रह मध्ये ग्रह सूर्य, बुध, बृहस्पति कारक ग्रह हुन्। दशमस्थानको सूर्यले राज्यकृपा गराउँछ भने मंगलसँग बुधको युति पनि यसै घरमा भएकाले जातकलाई सुरवीर गराउँछ।

ज्योतिष शास्त्रलाई पनि विज्ञान मानिने हुँदा अबका केही बर्षमा उनी राज्यशक्तिको केन्द्रमा हुन सक्ने राजावादीहरू बताउँछन्। राप्रपालगायतका राजावादी संघ संस्था पश्चिम नेपालमा शक्ति प्रदर्शनको क्रममा रहेका छन्। विहीबार राजा ज्ञानेन्द्रको सम्बोधन समेत रहेका बेला बेबी किङको चर्चा सतहमा आएको हो।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्