दाङमा यात्रुवाहक बसको ठक्करबाट बालकको मृत्यु

सोमबार, पुस १६, २०८०

देउखुरी– घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ । 

तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नम्बरको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ८ वर्षीय उत्तम चौधरीलाई ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जानकारी दिए । घटनापश्चात् स्थानीयले सो सडक अवरुद्ध गरेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्