मन्त्री ज्वालाको चरम लापरबाहीले बालकुमारीमा घटना भएको हो : गगन थापा

सोमबार, पुस १६, २०८०

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको चरम लापरबाहीको कारणले बालकुमारी घटना भएको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले साे कुरा बताएका हुन्।

उनले भने, त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबर्जस्ती हो। चरम लापरबाही हो हेपेको हो। मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । दुई जना केटाहरूको ज्यान गयाे भन्ने लाग्छ।’

उनले कांग्रेसको माग अनुसार आज सरकारले छानबिनको लागि आयोग बनाएको पनि बताए।

उनले भने, यहाँ समितिको काम छैन जिम्मेवार राजनीतिक नेतृत्वले राजीनामा दिनुपर्छ भन्ने कुरा पनि आएका छन्। ‘यो नैतिक विषय हो यसलाई सम्बन्धित पक्षले कसरी लिन्छ उत्तर हामी सुन्छौँ । हाम्रो ध्यान न्यायिक छानबिनतर्फ जानुपर्थ्यो ‘, गगनले भने।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्