राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पुर्‍याउने गगन थापाको चेतावनी

शनिबार, पुस १४, २०८०

काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्‍याउने चेतावनी दिएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे ।

उनले काँग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै काँग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने बताए । उनले काँग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गर्दै बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गरे ।

महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रिय सभा सदस्य छान्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए । उनले यसबारेमा आफूले महासमितिको बैठकमा प्रश्ताव गर्ने र सो प्रश्तावमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुसँग आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्