फिल्म समिक्षा

परम मित्रको चरम दुश्मनीको कौतुहलता छाडेको ‘सलार’, दोस्रो भाग अनिवार्य छ

मंगलबार, पुस १०, २०८०

काठमाडौंपरम मित्र बर्धासँग चरम दुश्मनीको प्रस्थानविन्दुमा उभिएको देवाको कहानी सुरु हुनै लाग्दासलारको पहिलो च्याप्टरले कौतुहलता छाडेको छ।

यो कौतुहलता त्यतिबेला मेटिन्छ जब दोस्रो भागले औचित्य पुष्टि गर्नेछ। देवा अर्थात् बाहुबली स्टार प्रभास। बर्धा अर्थात् पृथ्वीराज सुकुमारन। खानसार भन्ने काल्पनि एउटा सहरको कथामा उनिएको फिल्म घन्टा ५५ मिनेटको , तर पैसा असुल समयमा निक्कै रोचक, एक्शन सस्पेन्ससहित।

केजीएफ निर्देशक प्रशान्त निलको यो प्रस्तुतीमा अहिले नै खोट लागाउने ठाउँ केही पाइन्न, शिवाय साना जर्क।

भारतभित्रका अनेक स्टेटबीच बेनाम राज्यको काल्पनिक कथा सत्ता शक्तिसँग जडित छ। कानुन अलग, जसको बल उसको पद भन्ने मानकभित्र हिंसाको जग बसाउने कोशिश गरिएको छ। यद्यपि, यो फिल्म हो त्यसैले पनि पचाउन सक्नुपर्छ।

निर्देशक निलले आफ्नो सृजनाको शिल्पको निरन्तरता दिएको हो की भन्ने भान हुनेगरी यसमा हतियार, हिंसालाई कथासँग बाँधेका छन्। महिलाको अस्मिता, आमा छोराको सम्बन्ध, कसम महत्वलाई उन्ने कोशिश गरिएको छ। अनि, केजीएफ शैलीकै हिंसाले स्थापित गरेको राजनीतिक ताकतको सिंहासनको महत्व दर्शाइएको छ।

कथाभित्रको कथाका रुपमा चित्रित फिल्मको यो पहिलो भागमा परम मित्रको जननीको कारण, यात्रा बर्धाका लागि देवाले गरेको योगदानलाई दर्शाइएको छ। जबकि, दोस्रो भागमा देवा बर्धाको दुश्मनीको कथा बाँकी छ। 

फिल्मका अनेक पात्रको चरित्र चित्रण पनि रहस्यमयी छ। को कसका लागि किन लडिरहेको छ। आपसमा कुर्सीका लागि कस्ता कस्ता खेल जालझेल छन् भन्ने पनि कोट्याइएको छ।

परम मित्र बर्धाले देवाको नाम सलार राखिदिएको हुन्छ। फिल्मको पहिलो भागको अन्त्य पनि यहि नामको उच्चारणसँगै राखेर रहस्य कायम गरिएको छ।

मन्नार कबिलाहरूको कथा भनेर ब्याख्या गरिएको छ। त्यस सत्ताका निम्ति आफैंमा लडिरहेका सरदार बन्ने होडबाजीमा देवा बर्धाको सहयोगका लागि पुग्छ। यसपछि हुन्छ त्यहाँभित्रको कहानी।

रुद्रा, रमा, राज मन्नारलगायतका पात्रहरू सत्ता राजनीतिमा अभिसप्त समान अवस्थामा छन्। एउटा स्टाम्पको ताकत कति रहेछ भन्ने फिल्मको सुुरुआतमा नै रहस्यका हिसाबले देखाइएको तर किन भन्ने उत्तरका लागि पार्ट हेर्नुपर्ने हुन्छ।

फिल्मको कथाले लय लिँदै गर्दा सकिन्छ, जसरी बाहुबली सकिएको थियो। हामीले सोचेभन्दा धेरै नै भएका कारणले त्यो फिल्म हो।

प्राविधिक पक्षमा फिल्म कमजोर छैन। कथा प्रस्तुतीमा कतै कतै लेन्दी लाग्न सक्छ तर कथाको रहस्य भिएफएक्स प्रस्तुतीले फिल्मलाई बलियो बनाएको छ।

फिल्म यसकारण पनि रोचक हुनेछ कि प्रभासको प्रवेशविन्दुमा हलमा ९० को दशकमा हिरोको इन्ट्रीमा हुने हल्ला सिठि बज्छ। यसर्थ, समग्रतामा सलार रुचाइएको छ। यसैकारण पनि राजकुमार हिरानी निर्देशित डंकीभन्दा उसको कमाईको गति तेज छ।

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार