गाजा युद्धमा मृतकको संख्या २० हजार ६७४ पुग्यो : गाजाको स्वास्थ्य मन्त्रालय

सोमबार, पुस ९, २०८०

गाजा स्ट्रीप– गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार ६ सय ७४ पुगेको छ ।

हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको पुष्टि गरेको  हो ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्