नेभिगेशन
सुरक्षा–अपराध

आरती साह हत्या प्रकरणमा पति मोतीबाबु पक्राउ

जनकपुरधाम- आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । करिब ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन  होटेलबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए ।

उनलाई आवश्यक प्रक्रिया पुर्याएर कारागार चलान गरिने एसपी शर्माले बताए । गत मंसिर २० गते सर्वोच्च अदालतले पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यसअघि १८ असोजमा उच्च अदालत जनकपुरले उनीसहित उनका बुबा मदनमोहनलाई समेत साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो । जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

आरती गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक स्थित आो्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध