नेभिगेशन
सुरक्षा–अपराध

मोरङ कारागारमा कैद भुक्तान सकिने दिनमै कैदीको मृत्यु

विराटनगर- विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ ।आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उनकाे उपचारको क्रममा मृत्यु भएको हो  ।

विराटनगर-१० का ४८ वर्षीय चण्डेश्वर सहनी लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका थिए । सहनीको आज कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन नै उनको मृत्यु भएको छ ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई पुस ७ः ३० बजे  अस्पतालमा भर्ना गराएका उनकाे  उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ ।

मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको उपचारमा लापरबाही भएको भन्दै अहिले अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए ।लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

अदालतले फैसला गरेपछि फरार रहेका उनलाइ २०७९ माघ १७ गते पक्राउ गरि अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध