Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षा विधेयकमाथि संसदीय समितिमा छलफल सुरु   

आइतबार, पुस ८, २०८०

काठमाडौँ– विद्यालय शिक्षा विधेयक–२०८० माथि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । 

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयको अन्तरालपछि आएको विद्यालय शिक्षासम्बन्धी विधेयकले मुलुकको शिक्षा प्रणालीमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।

मन्त्री राईले जतिसक्दो चाँडो विधेयक पारितका लागि सांसदहरूलाई आग्रह पनि गरे । बैठकमा सांसदहरुले विधेयकमा शिक्षक दरबन्दी किटान गरिनुपर्ने, शिक्षकका लागि निजामती कर्मचारी सरहको सेवा सुविधा तोकिनुपर्ने लगाएतका बिषयमा सुझाव दिएका थिए ।

नेपालको शैक्षिक क्षेत्रमा सुधार गरि कानून ल्याउनुपर्नेमा उनीहरुको जोड थियो । विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्