Nic Ad Nic Ad
Nic Ad Nic Ad
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

आइतबार, पुस ८, २०८०

देउखुरी– लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । 

आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरु कृष्णा केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । 

प्युठानबाट सांसद बनेका काँग्रेसका थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै,  बाँकेबाट सांसद बनेकी माओवादीकी केसीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ ।  
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्