अभिनेताबाट नेतासम्मको संघर्ष

माओवादीले परिवारै लखेट्यो, खरेलले हदैसम्म दुख दिएका रोज राणा बने लुम्बिनीका मन्त्री

आइतबार, पुस ८, २०८०

काठमाडौं– लुम्बिनी प्रदेश सरकारको पर्यटन तथा यातायात मन्त्री सरोज थापा बनेका छन्। सरोज उनै हुन् जसलाई नेपाली फिल्मी जगत, मिडिया र आम मानिसले रोज राणाको नाममा चिन्ने गर्दछन्।

उनी रोज राणा बन्नुका पछाडि पनि एउटा कठोर घटना छ।  

रोजको परिवार कांग्रेस समर्थक भएकै कारण युद्धका क्रममा प्यूठानमा माओवादीले घर जलाइ दियो।

माओवादीबाट जोगिन र नयाँ पहिचानका लागि नै उनी रोज राणाका नाममा उदय भए र फिल्मी क्षेत्रमा सक्रिय भए। प्रहरीका कारण उनी विभिन्न समूहमा सक्रिय रहेको भन्ने प्रचारमा पनि आए। एकाध लफडामा नपरेका होइनन् तर ति ठूला अपराध थिएनन्। बाँच्नुसँग संघर्ष गर्नु थियो।

यहि क्रममा पूर्वडिआईजी तत्कालिन प्रहरी अधिकारी तथा हालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले रोजलाई निक्कै दुख दिएको कथा नेपथ्यमा छन्।

‘तिहारको बेला थियो। रोज जेलमा थिए। बाबु अस्पतालमा। भाइटिका लगाउन उनलाई छुट थिएन। दाजुलाई बुटवल जान आग्रह गरेका थिए। त्यहि बेला दाजुलाई गाडीले हानिदियो र ‘स्पोट डेथ’ भयो। दिदीले रुँदै फोन गरिन्। रोज सम्हालिनुको विकल्प थिएन’, आफन्त सम्झन्छन्,‘खरेलले लगाएको झूठा मुद्दाका कारण नै यो स्थिति आएको थियो।’

खरेलले नियत राखेकै कारणले उनलाई दाजुको अन्तिम अनुहारसम्म हेर्न दिइएन। खरेलले रोजसँग यसरी नियत नै साँध्नुपर्ने या अहंकार नै देखाउनुपर्ने कारण के थियो त?

०६६ सालमा खरेल प्रहरी उपरिक्षक (एसपी)का रुपमा कास्की प्रहरी प्रमुख थिए। रोज फिल्म स्टार। रोजका एकाध साधारण विवादबारे सुनेका थिए। रोज त्यसबेला चर्चित थिए। पोखरामा उनी अभिनित फिल्म ‘टक्कर दुई मुटुको’ हाउसफूल चलेको थियो। उनको नाम र चर्चा कम थिएन।

खरेलले त्यसबेलै नियत बनाए– काठमाडौं गएपछि यत्तिको चर्चा कमाएका व्यक्तिमाथि हात हाले, आफू चर्चाको अर्को शिखरमा पुगिनेछ। उनको यो पूर्वयोजनाले गति पाउने ठाउँ आयो, खरेल महानगरीय प्रहरी परिसर हनुमानढोका आइपुगे।

रोजले फिल्मबाट कमाएलगायतका रकम रेष्टुरेन्टलगायतमा लगानी गरेका थिए। तर उनको लगानी नै नहरेकोसदासायता रहेका दुईवटा (एउटा बागबजार र अर्को गोंगबु)को रेष्टुरेन्टमा खरेलले छापा हान्न लगाई मानव बेचबिखनको मुद्दा रोज टाउकोमा लगाइदिए।

खरेलले उनलाई एउटा, दुईटा होइन, मानव बेचबिखनको तीन वटा मुद्दा थोपरिदिए।

झूठा मुद्दामा कागजात यति बलियो बनाए कि अदालतबाट उम्किने मौका कम राखिदिए। पूर्पक्षका लागि थुनामा परियो। तोकिएको जेलमा समेत बस्न दिइएन। काठमाडौंमा मुद्दा चलेपछि डिल्लीबजारमा राख्ने भनिएको थियो, नियतबस खरेलले नख्खुमा पठाइदिए जबकि भोलीपल्ट फेरि जिल्ला अदालत आउनुपर्ने थियो।

यसबीच सुरुका दिनदेखि नै रोजलाई दुख दिन थालियो। परिसरको हिरासतमा राखिएका उनलाई राती १२ बजे खरेलले आफ्नो कार्यकक्षमा उपस्थित गराउन आदेश दिए।

‘रोजलाई जुन रेष्टुरेन्टमा मानव बेचविखनको मुद्दा चलाइएको थियो, त्यहाँ त्यसबेला उनको उपस्थिति त थिएन नै, उनी पुगेका पनि थिएनन्। जति पनि युवतीलाई नियन्त्रणमा लिइएको थियो दबाबमा राखेर रोजको नाम मुछ्नका निम्ति हस्ताक्षर गराइएको थियो’, उनलाई चिन्नेहरू भन्छन्।

खरेलले गोंगबु, बानेश्वर र परिसर तीन ठाउँबाट एउटै मुद्दा दर्ता गराएर तीनवटा बनाएर थुन्ने नियत राखिदिए।

तर रोजले सफाई पाएका कारण खरेलले नियत राखेको स्पष्ट भएको परिवारका सदस्य बताउँछन्। फिल्मी क्षेत्रमा सक्रिय रहँदा रहँदै पनि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका रोज प्यूठानको क्षेत्रीय सभापति हुँदै प्रदेश सभा निर्वाचनमा ‘ख’बाट बिजयी भई लुम्बिनी प्रदेश सभामा छिरेका थिए। हाल उनलाई मन्त्री नियुक्त गरी कांग्रेसले न्याय गरेको बताउनेहरु पनि छन्।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार