Nic Ad Nic Ad
Nic Ad Nic Ad
कविता सङ्ग्रह

‘चिहानमाथि महल बनाइरहेको मान्छे’ कविता सङ्ग्रह सार्वजनिक

शनिबार, पुस ७, २०८०

काठमाडौँ– कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक भएको छ । 

उक्त कृतिको आज एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज प्रधानले संयुक्त रुपमा विमोचन गरे । 

तत्कालीन ग्रामीण परिवेशको भोगाइ र वर्तमान राजनीतिक अवस्थालाई चित्रण गरेर लेखिएको उक्त सङ्ग्रहमा ६६ कविता समावेश छन् । कृतिमा राजनीतिक क्षेत्रमा देखिएका विसङ्गती, शिक्षा प्रणालीको कमजोरी, बेरोजगारी, गरिबीजस्ता विषयलाई समेटेको छ ।

कृतिको समीक्षा गर्दै कवि अधिकारीले फरक शैलीमा स्थानीय भाषा र परिवेशअनुरुप शैलीको स्वाद दिनेगरी कवि अस्तित्वले शब्दचित्रमा उतारेको उल्लेख गरे । मानिसले आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविताले समेटेको बताए । “कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतिकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ”, उनले भने ।

कवि राधिका कल्पितले चिहानमाथि महल बनाइरहेको मान्छेभित्रका कविताले प्रत्येक पाठकलाई आफ्नै भोगाइ र सङ्घर्षको गहिराइको अनुभूति दिलाउने विश्वास व्यक्त गरिन् । उनले कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो कविता सङ्ग्रह रहेको बताइन् । कविताले तत्कालीय द्वन्द्वकालमा रोल्पा जिल्लाको अवस्था, अध्ययनका लागि सहर छिरेको सङ्घर्ष आदिलाई पुस्तकले उजागर गरेको कवि कल्पितले बताइन् ।

यस्तै कवि सुरज रानाले ग्रामीण परिवेष्टका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको उल्लेख गरे । कवितामा त्रित्रित कतिपय पात्र र परिवेशबारे कविताले स्पष्ट पार्न नसकेको टिप्पणी गरे । पुस्तकका लेखक धनश्याम अस्तित्वले विगतमा भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गरे ।

बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु तीन सय ५० रहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार