देशको विकास गर्न रास्वपा राजनीतिमा आएको हो : सभापति लामिछाने

बिहीबार, पुस ५, २०८०

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने देशको विकास परिवर्तन गर्न राजनीतिमा आएको बताएका छन् । 

रास्वपा क्षेत्र नं २ तनहुँले भीमाद–६ मा आज आयोजना गरेको खुलासभालाई सम्बोधन गर्दै सभापति लामिछाने भ्रष्टाचार र गल्ती आफू पनि गर्दिन र आफ्ना पार्टीका नेतालाई पनि गर्न दिन्न भने ।

नेतृत्व इमान्दार भए अरुलाई भ्रष्टाचार गर्ने आँट नहुने जिकिर गर्दै उनले भने, “देशका ठूलाठूला व्यक्तिले भ्रष्टाचार गर्दिन भनेर लाग्ने हो भने भ्रष्टाचार अन्त्य हुन सक्छ ।”  

भ्रष्टाचारको स्वीच कहाँ छ भन्ने कुरा सरकारले खोलेका फाइल हेरे थाहा हुने उनले उल्लेख गरे ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २१:०३
प्रतिक्रिया दिनुहोस्