संविधान रक्षाका लागि मधेस उठ्नुपर्छ : उपप्रधानमन्त्री खड्का 

बिहीबार, पुस ५, २०८०

जनकपुरधाम– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेसले वर्तमान संविधानको रक्षा गर्न जुट्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनको बिहीबार उद्घाटन कार्यक्रममा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले संविधानको रक्षा गर्नुपर्ने बताएका हुन् ।

‘संविधानको विरुद्धमा मधेसमा कसैले आवाज उठाउँछ भने त्यसको विरुद्धमा मधेस उठ्नुपर्छ । मधेसका साथीहरूले एकताबद्ध भएर अहिलेका चुनौतीको सामना गर्नुपर्छ’, उनले भने । 

नागरिकको अधिकारका लागि संविधान कार्यान्वयनको आवश्यकता रहेको उपप्रधानमन्त्री खड्काले बताए । नेपाली कांग्रेस आज पनि संविधान संशोधनको पक्षमा रहेको पनि उहाँको भनाइ थियो । ‘संविधानमा सबैको कुरा समेट्न हामीले प्रयास गरेका थियौँ । एमालेका कारण संसद्मा फेल हुन पुग्यो । फेरि पनि सबैका कुरा समेट्न संविधान संशोधन गरिन्छ’, उनको भनाइ थियो । 

madhesh-conference-2023-1703164190.jpg

उनका अनुसार वर्तमान सरकार प्रदेश र स्थानीय तहसँग जोडिएका कानुन बनाउने तयारीमा छ । हिउँदे अधिवेशनबाट कानुन बन्ने उनले बताए । केही महत्त्वपूर्ण कानुन अध्यादेशबाट ल्याइने उनले बताए । 

त्यस्तै, पार्टीमा एकताको कुरा मञ्चबाट गर्ने नभइ व्यवहारमा हुनुपर्ने उपसभापति खड्काको भनाइ थियो । ‘अब सभापतिको कुरा केही छैन । दुई तीन वर्ष हामीलाई एकताबद्ध बनाएर लिनुहुन्छ । हामीहुरु समस्याको पहिचान गरि छलफलमा बस्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्