Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रियसभा निर्वाचनका लागि आज दलहरूलाई चुनाव चिह्न प्रदान गरिँदै

आइतबार, पुस १, २०८०
samridhi jewllers

काठमाडौं - आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिने भएकाे छ। दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निर्वाचन आयोगमा  निवेदन दिएका छन्। दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका २० पदमध्ये माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदै छ। एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्