युक्रेनले इयु सदस्यताका लागि २ हजार ७३९ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक

शनिबार, मंसिर ३०, २०८०

कीभ– युक्रेनले युरोपेली संघ (इयु)को सदस्य बन्नका लागि २ हजार ७३९  वटा कानुनी  प्रक्रिया पूरा गर्न आवश्यक  रहेको बताइएको छ ।

युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यस बारे जानकारी गराएका हुन् ।

‘आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौं । हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौं,’ सरकारी प्रेस सेवाले उनको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ ।

त्यसका लागि लगभग २८ हजार ऐनहरू अध्ययन गरिएको र ती मध्ये २३ हजार चाहिँ सदस्यता वार्ता प्रक्रियाको लागि आवश्यक नरहेको उनले बताउनु भएको  छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  २०:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार