नेभिगेशन
विश्व

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान र इजरायलबीच बढ्दो तनावको बारेमा टेलिफोन वार्ता गरेका छन् । यो वार्ता लगभग एक घण्टा चलेको बताइएको छ । 

ट्रम्पले लेखेका छन्- 'राष्ट्रपति पुटिनले आज बिहान मलाई जन्मदिनको शुभकामना दिन फोन गरेका थिए । तर वास्तवमा हाम्रो वार्ता इरानमा बढी केन्द्रित थियो । पुटिनलाई राम्ररी थाहा भएको देश । हामीले इरानको बारेमा लामो कुराकानी गर्यौं । रुस र युक्रेनको बारेमा संक्षिप्त छलफल भयो, जुन अर्को हप्ता छलफल गरिनेछ ।'

ट्रम्पले रूस र युक्रेन दुवैले आफ्ना कैदीहरू आदानप्रदान गर्ने योजनामा ​​काम गरिरहेको र दुवै देशहरूले तुरुन्तै ठूलो संख्यामा कैदीहरू आदानप्रदान गरिरहेको समेत बताए । उनले भनेका छन्- 'पुटिन विश्वास गर्छन् र मलाई पनि लाग्छ कि इजरायल र इरानबीच चलिरहेको युद्ध अब अन्त्य हुनुपर्छ ।'

इजरायलले शुक्रबार बिहानबाट इरानमाथि आक्रमण गर्न शुरु गरेपछि दुवै देश भिषण युद्धमा रहेका छन् । दुवैले एक अर्काविरुद्ध मिसाइल आक्रमण गरिरहेका छन् ।  साथै दुवै देशले अझै ठुलो आक्रमण गर्ने चेतावनी समेत दिएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व