अभियन्ता ईःबिरुद्ध स्थानीय

अभियन्ता ईः बिरुद्ध स्थानीयकोे प्रदर्शन 

मंगलबार, मंसिर २६, २०८०

e4-1702384256.JPGललितपुर– फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयकोे विरोधमा आन्दोलन गर्न लागेका अभियन्ता ईः बिरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।

फुटपाथ व्यवसायीलाई हटाउने महानगरको निर्णय उचित भएको र यसको बिरोध गर्न नहुने भन्दै स्थानीयहरुले अभियन्ता ईः बिरुद्ध प्रदर्शन गरेका हुन् ।

फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरको निर्णयबिरुद्ध अभियन्ता ईःले महानगरपालिकाको प्रांगणमा उभिएर प्रदर्शन गर्न खोजेका थिए । तर स्थानीयहरुले सडकमा व्यापार गर्न नपाईने भन्दै अभियन्ता ईः विरुद्ध नै प्रदर्शन गरेका थिए ।

स्थानीयको प्रदर्शनपछि सुरक्षाकर्मीले महानगरभित्र अभियन्ता ईः लाई सुरक्षा दिएर राखेको थियो । त्यसपछि कडा सुरक्षाकाबीच सुरक्षाकर्मीले अभियन्ता ईः लाई त्यहाबाट निकालेको थियो ।

 

महानगरपालिकाले मंसिर २४ गतेदेखि लगनखेल–मंगलबजार क्षेत्रमा फुटपाथ राख्न निषेध गरेको थियो । तर अभियन्ता ईः ले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने भन्दै उभिएर विरोध गर्न खोजेका थिए ।

यसअघि पनि काठमाडौं महानगरले फुटपाथ व्यवसायीलाई हटाउने निर्णय गर्दा अभियन्ता ईःले राष्ट्रिय सभागृहबाहिर १ सय ९९ घण्टा उभिएर विरोध जनाएका थिए । त्यसपछि काठमाडौं महानगर र अभियन्ता ईः बीच सम्झौता भएको थियो । 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्