Nic Ad Nic Ad
Nic Ad Nic Ad

सबैभन्दा ठूला मिटरब्याजी बैंकहरू हुन् : शेखर कोइराला

शनिबार, मंसिर २३, २०८०

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरु नै सबैभन्दा ठूला मिटरब्याजी भएको आरोप लगाएका छन्। शनिवार चितवन काठमाडौं प्रजातान्त्रिक संगमको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले सबैभन्दा ठूलो मिटरब्याजी बैंकहरु भएको बताए ।

उनले भने, ‘ब्यांकर्सहरु मसँग अलिकति रिसाउनु पनि भएको छ। मैले त भन्ने गर्याछु आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरु भए।’

देश आर्थिक रुपले अप्ठेरो परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको उनले बताए। ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ डा. कोइरालाले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’

सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए । ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले म कृषिमा लगानी गर्छु भनेर गयो भने तुरुन्तै दिन्छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्