भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

शनिबार, मंसिर २३, २०८०

वासिङ्टन - विश्वका चर्चित नेताहरूको सूची सार्वजनिक हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै शीर्ष स्थानमा रहेका छन् ।

७६ प्रतिशत अनुमोदन रेटिङका साथ उनी विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन् । यसअघि पनि उनी नै शीर्ष स्थानमा थिए ।

दोस्रो सबैभन्दा लोकप्रिय नेताको मूल्याङ्कनमा १० अङ्कको भिन्नता थियो । यो सूची मोर्निङ कन्सल्टले तयार गरेको हो ।

मेक्सिकोका राष्ट्रपति ओब्राडोर ६६ प्रतिशत रेटिङका साथ सूचीमा दोस्रो स्थानमा छन् । स्विट्जरल्याण्डका राष्ट्रपतिको रेटिङ ५८ प्रतिशत र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाको ४९ प्रतिशत छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन यो सूचीमा सातौँ स्थानमा छन् । जो बाइडेनको अनुमोदन रेटिङ ३७ प्रतिशत छ ।

जुन मार्चयताकै उच्च हो । राजनीतिक खुफिया अनुसन्धान फर्मले २२ विश्वव्यापी नेताहरूको सर्वेक्षण गरेको थियो । यो सर्वेक्षण डाटा नोभेम्बर २९ र डिसेम्बर ५, २०२३को बीच लिइएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्