Nic Ad Nic Ad
Nic Ad Nic Ad

आलु–प्याज व्यवसायीले फिर्ता लिए आन्दोलन

शनिबार, मंसिर २३, २०८०

काठमाडौं - आन्तरिक उत्पादनमा भ्याट नलगाउने सरकारको प्रष्टीकरणपछि आलु–प्याज व्यवसायीले आन्दोलन फिर्ता लिएका छन्।

यससँगै चार दिनदेखि ठप्प रहेको आलु–प्याजको कारोबार खुलेको छ। तर भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा प्याजको अभाव छ।

प्याज नआएकाले आज मूल्य नै नतोकिएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए। नेपालमा खपत हुने प्रायः सबै प्याज भारतबाट आउने गर्छ । व्यवसायीको आन्दोलनका कारण चार दिनदेखि प्याज नआउँदा मौज्दात पनि नरहेकाले अभाव भएको हो ।

भारतबाट आउँदै गरेका केही गाडी प्याज एकदुई दिनमा आइपुगे पनि भारतले निर्यात नखोलेसम्म सहज नहुने आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले जानकारी दिए। उनका अनुसार सरकारले नै भारतसँग प्याज आयातका लागि सहजीकरण नगरे अभाव चुलिने बताए। भारतले आगामी मार्चसम्म प्याज निर्यातका लागि रोक लगाएको छ।

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्