माल्टा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं - रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै सात लाख पाँच हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जुम्लाको हिमा गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

शाहीले दुई जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख १० हजार तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो । 
    
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्