Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसले कम्युनिष्टहरुसँग गठबन्धन गर्न हुँदैन : शेखर कोइराला

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्न नहुने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह ‘चिनारी’ लोकर्पण कार्यक्रममा नेता कोइरालाले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीसँगै गर्नुपर्ने उनले बताएका हुन् ।

कम्युनिष्ट पार्टीहरुसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व नै समाप्त हुने उनको भनाइ छ । गठबन्धन पनि निर्वाचनपछि गर्ने कि अगाडि भन्ने सोच्नुपर्ने उनले बतए ।

‘यही निर्वाचन प्रणालीमा गठबन्धन गर्नैपर्छ । तर, गठबन्धन प्रि इलेक्शन गठबन्धन कि पोस्ट इलेक्सन गठबन्धन गर्ने रु त्यसमा ध्यान दिनुपर्छ’ नेता कोइरालाले भने, ‘हामी डेमोक्रेटिक पार्टी हामी कस्तो पार्टीसँग गठबन्धन गर्दैछौँ रु अलिकति पनि डेमोक्रेटिक भएको पार्टी छ की छैन रु त्यस्तो पार्टीहरूसँग गठबन्धन गर्दा हामी कहाँ पुग्ने हो रु यो गम्भीर विषय छ । यो विषयलाई कांग्रेसले गम्भीरताका साथ लिएको छ ।’

उनले कम्युनिष्ट कम्युनिष्टसँग गठबन्धन गरेर अघि जाने हो भने कांग्रेसको अस्तित्व बिस्तारै समाप्त हुँदै जाने बताउँदै भने, ‘यो देशकै लागि डरलाग्दो विषय हो । देश परिवर्तन गर्नु छ भने नेपाली कांग्रेसलाई परिवर्तन गरेर अघि लग्नुस् । नेपाली कांग्रेस परिवर्तन भयो भने देश परिवर्तन हुन्छ, किनभने हामी लोकतान्त्रिक पार्टी हौं ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्