Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली सेनाका प्रधानसेनापति हुने भए सिग्देल, रथीमा बढुवा भयो

बिहीबार, मंसिर २१, २०८०

काठमाडौंनेपाली सेनाको भावी प्रधानसेनापतिको लाइनमा रहनेगरी अशोकराज सिग्देललाई उपरथीबाट रथीमा बढुवा गरिएको छ। विहीबार बसेको मन्त्रिपरिषदको बैठकले रक्षा मन्त्रालयको बढुवा सिफारिसलाई सदर गरी सिग्देललाई रथीमा बढुवा गरेको हो।

उनी एक मात्र रथीमा बढुवा भएका कारण सिनियर भइसकेका छन्। अर्का रथी आगामी महिनामा मात्र बढुवा हुनेछन्।

उनी वरिष्ठतम रथीका रुपमा रहने भएकाले आगामी वर्षको २४ भदौमा प्रधानसेनापति बढुवा हुनेछन्। बैठकले सन्तोषबल्लभ पौडेललाई उपरथीमा बढुवा गरेको छ।

प्रधानसेनापति प्रभुराम शर्मा तीन बर्षको अवधि पूरा गरी आगामी बर्षको भदौमा घर जानेछन्। नेपाली सेनामा हालसम्म बरिष्ठतम् नै प्रधानसेनापति हुने चलन छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्