विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु, ४ जना घाइते

बुधबार, मंसिर २०, २०८०

विराटनगर- मोरङको विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका चार जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् ।

यस्तै ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

विराटनगरको सात घुम्ती चोकमा रहेको कवाडी गोदाममा आज दिउँसो एक्कासी आगलागी भएको थियो । आगलागीको कारण पनि खुलिसकेको छैन ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्