Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्तमान सरकारका कारण देशमा धेरै समस्या आएका छन् : ओली

बुधबार, मंसिर २०, २०८०

रुकुमपूर्व- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थामाथि औंला ठड्याउनेविरुद्ध सबै मिलेर लड्नुपर्ने बताएका छन्। झुलाघाट-चिवाभञ्ज्याङ पदयात्राको क्रममा रुकुमपूर्व आइपुगेका उनले सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बुधबार रुकुमपूर्वको भेलामा ओलीले अहिले देशको नाजुक अवस्था अत्यन्तै कमजोर बनाउन खोजिएकोबारे एमालेले निरन्तर खबरदारी गरिरहेको बताए।

‘सरकारका कारण धेरै समस्या आएका छन् । देश असफल बनाउने अवस्थामा लान खोजिएको छ, देशभित्रका केही तत्व र देश बाहिर रहेका नेपालको अहित चाहनेहरुविरुद्ध सबै सचेत बनौं,’उनले भने, ‘यो प्रणालीलाई ठूलो लगानी गरेर ल्याएका हौं, यसविरुद्ध हुने गतिविधि सबै मिलेर लड्नुपर्दछ, देशको स्वाधीनतामा गर्व गरौं । अब सबै मिलेर अप्ठ्यारो पहिचान गरौं ।’

देशलाई असफल बनाउन खोज्ने देशभित्रका केही तत्व र देश बाहिर नेपालको अहित चाहने तत्वविरुद्ध सामूहिकरूपमा लड्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्