Nic Ad Nic Ad
Nic Ad Nic Ad

हमासको कब्जामा अझै १३७ जना बन्धक छन् : इजरायल

मंगलबार, मंसिर १९, २०८०

तेलअभिव- इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको कब्जामा अझै १३७ जना बन्धक रहेको बताएको छ। आइडिएफले आफ्नो ट्वीटर ह्यान्डलमार्फत् १७ जना महिला र बालबालिकासहित १३७ जना अझै हमासको नियन्त्रणमा रहेको दाबी गरेको हो।

बाँकी बन्धक छुटाउन फेरी युद्ध आवश्यक रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घोषणा नै गरिसकेका छन्। जसअनुसार पछिल्ला चारदिन यता इजरायली सेनाले हमास नियन्त्रित क्षेत्र गाजामा आक्रमण गरिरहेको छ।

यसअघि ७ अक्टोबरमा हमास समूहले अकस्मात इजरायलमा आक्रमण गरेपछि युद्ध सुरु भएको युद्ध कतारको मध्यस्तकर्तामा २२ नोभेम्बरमा भएको सम्झौता बमोजिम अल्पकालीन रुपमा रोकिएको थियो। जसअनुसार सुरुमा ४ दिन त्यसपछि दुई र एकदिन थप भएर सात दिन युद्धबिराम भएको थियो।

जसमा हमास समूहसँग रहेका युद्धबन्दी र इजरायलसँग रहेका प्यालेस्टाइनी कैदी  साटासाट भएको थियो। सम्झौताअनुसार हमास समूहले आफूसँग बन्धक रहेका ११० जना इजरायली नागरिक रिहा गर्दा इजरायलले आफ्नो कैदमा रहेका ३३० जना प्यालेस्टाइनीलाई रिहा गरेको थियो। जसमा वृद्धवृद्धा, बालबालिका, महिला र अशक्तहरू थिए।

यस्तै अन्तर्राष्ट्रिय समुदायसँगको छलफलमा हमास समूहले २४ विदेशी नागरिक पनि रिहा गरेको थियो। हमास समूहको बन्धक रहेको भनिएका नेपाली विद्यार्थी विपीन जोशी भने अहिलेसम्म रिहा हुन सकेका छैनन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्