सियोल महानगरमा सुरु भयो चालकविहीन रात्रि बस

मंगलबार, मंसिर १९, २०८०

काठमाडौँ - दक्षिण कोरियाको राजधानी सियोले महानगरमा चालकबिनाको स्वचालित रात्रि बसहरू सञ्चालन गरेको छ ।

स्वचालित बसहरूले सियोलको व्यस्त जीवनमा राहत दिन सक्ने महानगरले जनाएको छ । विश्वकै व्यस्त मानिने महानगरमा मध्यरातसम्म काम गरेर आफ्ना बासस्थान फर्कन चाहने मानिसहरूलाई उनीहरूको गन्तव्यसम्म रात्रि बसले सेवा दिन थालेपछि मानिसहरू प्रशन्न भएका महानगरकाका अधिकारीहरूले बताएका छन् ।

ए २१ नम्बरका दुई रात्रिकालीन बसहरूले सियोलको सबैभन्दा व्यस्त क्षेत्रहरू मध्येका दुई, होङ्देइ र डोङ्देमुन जिल्लासँग जोड्ने २० स्टपहरूबाट सोमबारदेखि रात्रि सेवा सुरु गर्न थालेका छन् । हुन्डाई मोटरले कमर्सियल भेहिकल मोडेल इलेक्ट्रीसिटीमा परिणत गरिएका बसहरू अन्य नियमित बसहरू जस्तै साइजका छन् ।

बसमा चढेपछि सबै यात्रुहरूले सिट बेल्ट लगाउनुपर्छ भने यात्रुहरूलाई उभिएर यात्रा गर्ने अनुमति छैन।

सेवाको पहिलो दिन सोमबार, दुई सुरक्षा गार्डहरू बसहरूमा सवार थिए, जसमा टेस्ट ड्राइभर पनि थिए । उनीहरू चालकको सिटमा बसेका थिए तर स्टेयरिङ्ग भने समातेनन् । तिनीहरू नियमित बसहरू भन्दा सुस्त गतिमा गुडे ।

सियोलले सेवाको स्थिरता पछि अर्को वर्षको पहिलो आधामा चार्ज सेवामा फर्कनु अघि केही समयको लागि निःशुल्क बसहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

न्यूज एजेन्सी योनहापका अनुसार, शहरले बस मार्ग विस्तार गर्ने र शहरका केन्द्रहरूलाई उपनगरहरूमा जोड्ने अन्य नियमित लामो दुरीका रुटहरूमा सेल्फ–ड्राइभिङ बसहरू सञ्चालन गर्ने बारे पनि विचार गरिरहेको शहरका अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्