पासोमा फसेको चितुवाको उद्धार 

सोमबार, मंसिर १८, २०८०

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ प्रगति महिला सामुदायिक वनमा शिकारीले बदेल मार्नका लागि थापेको पासोमा परेको चितुवाको १८ घण्टापछि आज उद्धार गरिएको छ । हिजो साँझ चोर शिकारीले थापेको पासोमा चितुवा परेको हो ।

 चितुवालाई बेहोस (डार्ट) गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले उद्धार गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए । उद्धार गरिएको चितुवालाई निकुञ्जको सुरक्षित स्थानमा छाडिएको छ । पासोमा फसेको भाले वयस्क अवस्थाको चितुवा रहेको छ । 

गतवर्ष शिकारीले बदेल मार्न थापेको पासोमा परेर यसै क्षेत्रमा दुई वटा चितुवा मृत अवस्थामा फेला परेका थिए । चुरे क्षेत्र नजिकका सामुदायिक वन चितुवाको वासस्थानका रुपमा रहेका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार