मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

बुधबार, मंसिर १३, २०८०

काठमाडौँ - मन्त्रिपरिषद्को आकस्मिक बैठक केहीबेरमा बस्दै छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा ९ बजे बस्न लागेको हो ।

आजको बैठकबाट जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बारे केही निर्णयसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुन सक्ने सचिवालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ । साथै बैठकले सचिव बढुवा तथा पदस्थापन र सरुवासमेत गर्न सक्ने बुझिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्