Nic Ad Nic Ad
Nic Ad Nic Ad

तान्जानियामा बस पल्टिँदा १४ जनाको मृत्यु, २६ घाइते

सोमबार, मंसिर ११, २०८०

दार एस सलाम– तान्जानियाको दक्षिणी लिन्डी क्षेत्रमा आइतबार बिहान बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य २६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

लिन्डी क्षेत्रीय प्रहरी कमाण्डर जोन इमोरीले मृतकमध्ये १२ जना बसमा यात्रा गरिरहेका यात्रु रहेको बताएका छन् भने दुईजना पैदल यात्रु रहेका थिए ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी बस मटवारा क्षेत्रको तान्डहिम्बा जिल्लाबाट दार एस सलाम जाँदै गर्दा बाटमा दुर्घटनामा परेको बताएको छ । घटना बारे अनुसन्धान जारी छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्