Nic Ad Nic Ad
Nic Ad Nic Ad
इजरायल–हमास युद्धविराम

इजरायलसँग युद्धविराम लम्ब्याउन हमास तयार

सोमबार, मंसिर ११, २०८०

एजेन्सी– चार दिनका लागि गरिएको अस्थायी युद्धविराम सकिनै लाग्दा यसलाई लम्ब्याउन आफू तयार रहेको हमासले बताएको छ । 

गत शुक्रबारबाट सुरु भएको युद्धविराम आज सकिदै छ । युद्धविराम सकिनै लाग्दा आएको हमासको भनाइमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले थप बन्धकहरूलाई रिहा गर्ने भए युद्धविरामलाई लम्ब्याउन सकिने प्रतिक्रिया दिएका छन् ।

इजरायली अधिकारीहरूका अनुसार हमास र अन्य लडाकु समूहका बन्दुकधारीहरूले दक्षिणी इजरायलमा घातक हमला गर्दा करिब १ हजार २०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २ सय ४० जनालाई बन्धक बनाएको अक्टोबर ७ यता गाजा पट्टीमा यो सबैभन्दा लामो युद्ध हो।

इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । गाजा क्षेत्र नियन्त्रण गर्ने हमासले इजरायलको यस प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन् ।

हालसम्म हमासले सम्झौता अन्तर्गत ३९ इजरायली बन्धकहरुलाई रिहा गरिसकेको छ भने इजरायलले ११७ प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ । गाजाका अन्य १९ बन्धकहरू (१७ थाई, एक फिलिपिनो र एक रुसी–इजरायली दोहोरो नागरिक)लाई पनि हमासले शुक्रबार यता रिहा गरिसकेको छ । नेपालका विपिन जोशी भने अझै पनि हमासकै नियन्त्रणमा छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्