मान्छे बेचेर नअघाएकाहरू चुरे बेचेर अघाउने कोसिस गर्दैछन् : रवि लामिछाने

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुरे मास्ने षड्यन्त्र भइरहेको बताएका छन् । सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै चुरो मधेशको ज्यान, सान र भविष्य भएको बताए । 

उनले भने, ‘हामीसँग चुरेजस्तो सम्पत्ति छ । अब मान्छे बेचेर नअघाएकाहरु अब चुरे बेचेर अघाउने कोसिस गरिरहेका छन् । खबरदार चुरे चलायो भने हामी यहाँ खबरदारी गर्न बसेका छौं । मधेशको ज्यान, सान र भविष्य हो चुरे । हाम्रो होइन आउँदो पुस्ताको लागि हो चुरे ।

चुरेमा आँखा लगाउँने होइन । मान्छे बेचेर कमाएको पैसाले नपुगेर अब चुरेबाट दोहन गरेर यहाँका प्राकृतिक स्रोत साधनलाई ध्वस्त पारेर कसैलाई पोस्नको लागि भित्रभित्रै सम्झौता गर्ने चाल थाहा पाएका छौं हामीले ।

पुराना दलहरुको दबदबालाई अटेर गरेर घण्टी बजाउँदै आफूहरुले साहशिक कदम चालेको दाबी गरे ।

उनले भने, ‘हामीलाई हाम्रो प्रवाह छैन । हामी अब परिवर्तन गरेरै छाड्ने आँटका साथ आएका छौं । कुनै पनि देशमा परिवर्तन हुनका लागि एउटा पुस्ताले त्याग गर्नैपर्छ । त्यसका लागि हामी तयार आएका छौँ ।’

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्