Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

बिहीबार, मंसिर ७, २०८०

काठमाडौं - काठमाडौंमा बिहीबार राती भूकम्पको धक्का महसुस भएको छ। रातको करिब १ बजेर १९ मिनेटको समयमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीका अनुसार ४.५ म्यागनिच्युटको भूकम्प गएको छ।

मकवानपुर जिल्लाको चित्लाङ आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो ।

चित्लाङ आसपासको केन्द्रबिन्दू भएर गएको यो भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गराएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्