इजरायल–हमास युद्ध

इजरायली आक्रमणमा २ पत्रकारसहित ३ जनाको मृत्यु

मंगलबार, मंसिर ५, २०८०

बेरुत– दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एकजना नागरिकको मृत्यु भएको छ ।

स्थानीय टिभी च्यानल अल–मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ ।

नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एकजना नागरिक पनि मारिएको बताएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्