Nic Ad Nic Ad
Nic Ad Nic Ad
कृति लोकार्पण

प्रतिमा केसीको ‘प्रवासी मन’ लोकार्पण

मंगलबार, मंसिर ५, २०८०

काठमाडौँ– नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका उपाध्यक्ष तथा मुक्तककार प्रतिमा केसीको ‘प्रवासी मन’ लोकार्पण भएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानद्वारा आज आयोजित लोकार्पण समारोहमा नेपाली भाषा, भेष, संस्कृतिको प्रतिबिम्ब, समाजको परिवेश, महिलाका आवाज समेटिएको ‘प्रवासी मन’ लोकापर्ण गरिएको हो ।

साहित्यकार उषा शेरचनले कृति विमोचन गर्दै महिलाले आफ्ना दैनिक जिम्मेवारी बहन गरेर कलम चलाउनु अन्य महिलाको लागि प्रेरणाप्रद भएको बताइन् । 

हातेमालो साहित्य सङ्गमका अध्यक्ष तथा मुक्तककार सुनिल अधिकारीले नेपाली साहित्यमा ‘प्रवासी मन’ मुक्तकसङ्ग्रले एक हजार एक सय १२ वटा मुक्तक प्रकाशन गरी इतिहास रचेको बताए ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्