युक्रेनले ईयुका लागि ‘ड्राइ पोर्ट’ निर्माण गर्ने

शुक्रबार, मंसिर १, २०८०

कीभ– युक्रेनले युरोपेली संघ (ईयु)मा अन्न निर्यात बढाउन पश्चिमी जाकारपट्टिया क्षेत्रमा ‘सुक्खा बन्दरगाह’ निर्माण गर्ने  भएको छ ।

होरोन्डा गाउँमा बनाइने मल्टिमोडल लजिस्टिक हब, होरोन्डा प्लेटफर्म, इटालियन लगानीकर्ताहरूले कार्यान्वयनमा ल्याउने छन् ।  जाकरपट्टिया क्षेत्रीय राज्य प्रशासनले फेसबुकमा विज्ञप्ति जारी गर्दै यस बारे जनाकारी गराएको हो ।

‘सुक्खा बन्दरगाह’मा गोदामहरू, अन्न र सूर्यमुखी तेलका लागि कन्टेनरहरूका साथै युक्रेनी ब्रोड-गेज रेलवेबाट युरोपेली न्यारो–गेज रेलवे लाइनहरूमा सामानहरू पुनस् लोड गर्ने पूर्वाधार लगायतका संरचनाहरू निर्माण गरिनेछन् । ब्ल्याक सी अनाज सम्झौता निस्प्रभावी भएपछि कीभले वैकल्पिक मार्गहरू मार्फत आफ्नो देशमा उत्पादित अन्न र अन्य सामानहरूको निर्यात बढाउन विभिन्न प्रयास गरिरहेको छ । 

युक्रेनले जुन ३० मा समाप्त भएको सन् २०२२–०२३ मार्केटिङ वर्षमा करिब ५८ मिलियन टन अन्न र तैलीय पदार्थ निर्यात गरेको युक्रेनी ग्रेन एसोसिएसनले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार