विवादीत मेडिकल व्यावसायीका विवादका थुप्रो

माओवादी बनेर ससुरालीको सम्पत्ति हत्याउने दुर्गा प्रसाईंको कालो बिगत यस्तो छ 

मंगलबार, कात्तिक २८, २०८०

काठमाडौं कुनै बेला नेपाली कांग्रेसमा सक्रिय रहेका विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंको राजनीतिक गैरराजनीतिक यात्रा निक्कै विवादीत भएको फेला परेको छ।

सरकारमा रहेका मुख्य दलका शीर्ष नेता प्रतिपक्षी दलका नेताविरुद्ध पनि धावा बोलिरहेका छन्।

माओवादीमा लागेर आफ्नो ससुराली खलकलाई अपहरण गराई सम्पत्तिमा कब्जा जमाएका प्रसाईंको बिगत गतिलो छैन। अहिले राजसंस्थाको खोल ओढेर हल्ला मच्चाइरहेका प्रसाईँको बिगत नै उनको व्यक्तित्वको बर्णन गर्न काफी रहेको जानकार बताउँछन्।

प्रसाईं परिवारको बसोबास हाल अर्जुनधारा नगरपालिकाको बसपार्क रहेको ठाउँ नजिकै थियो सामान्य खेतीपाती गरेर जिविकोपार्जन चलेको थियो।

durga-prasai-1699931208.jpg

प्रसाईंले जनयुद्ध लडेको भन्छन्। तर, उनले त्यसलाई प्रयोग गरेर ससुरालीको सम्पत्ति कब्जा गरे, प्रसाईंनिकटस्थ भन्छन्,‘अहिले माओवादीका सेनालाई सेल्टर दिएको भनेर झूठो प्रचार गरिरहेका छन्।

आफूभन्दा धनी गिरी परिवारकी कन्यासँग प्रसाईँको विवाह भयो। झापामा चिया बगान चलाएर बसेका गिरी परिवारकी छोरीसँग वैवाहिक सम्बन्ध जोडेपछि दुर्गा प्रसाईको वर्ग धरातल माथि उक्लियो।

ससुराली खलकसँग प्रशस्त जग्गा जमिन भए पनि दुर्गा प्रसाईकी श्रीमती सालाले मागे जति अंश नपाएर आफ्ना पिताबाट ठगिएको भनी प्रसाईं त्यो सम्पत्ति कब्जाको मनोदशातिर ढल्किए।

हाल बिर्तामोड नगरपालिका मा दुईवटा विशाल भवनमा बीएण्डसी अस्पताल चलिरहेको छ। यही ठाउँ हो, जहाँ ०६२६३ को जनआन्दोलन अघिसम्म एउटा सामान्य काठे घर थियो। त्यही टाँडे घरमा दुर्गा प्रसाईको बसोबास थियो।

durga-prasai-king-gyanendra-1699931354.jpg

नेपाली काँग्रेसको समर्थन आस्था छाडेर भूमिगत माओवादी पार्टीमा प्रसाईँको प्रवेश भयो। माओवादीमा लाग्नुका पछाडि उनको एउटै उद्देश्य थियो, ससुरालीलाई भाटे कारबाही गराउने अनि जग्गा जमिन सालो श्रीमतीका नाममा पास गर्न लगाउने।

संकटकाल लाग्नुभन्दा अघि नै प्रसाईले माओवादी नेताहरूसँग सम्पर्क बढाए। बिर्तामोडको त्यो काठे घरमा माओवादीको आवतजावत बढ्न थाल्यो। प्रसाईं आफैंले बोलाउने गर्थे, माओवादी।

त्यसैलाई उनले जनयुद्ध गरेको नाम दिए। माओवादीलाई सेल्टर दिएको आरोपमा तत्कालिन सरकारले उनलाई थुनामा राखेको पनि थियो। तर, त्यसको उनले गलत फाइदा उठाउने भरपूर प्रयत्न अहिलेसम्म गरिरहेका छन्।

durga-1-1699931180.jpg

यहीबेला प्रसाईले मुद्दा लडिरहेका प्रतिद्वन्द्वी अर्थात् उनका ससुराली कृष्ण गिरीका छोरामाथि माओवादीका छापामारले कुटपिट गरे। मरणासन्न हुने गरी कुटाइ खाएका उनी उपचारपछि ठीक भए। त्यसपछि प्रसाईको ससुराली परिवार त्रसित बन्यो।

यसरी मुद्दा लडिराख्ने हो भने प्रसाईले माओवादी लगाएर मार्ने पो हो कि भन्ने त्रास बढेपछि उनीहरूले बिघा जग्गा प्रसाईका साला भाइका नाममा पास गरिदिए।

यस क्रममा प्रसाईले माओवादीलाई ३० लाख मूल्य पर्ने केही जग्गा पार्टी कार्यालय खोल्नका लागि उपलब्ध गराउने आश्वासन पनि दिएका थिए, तर दिएनन्।आफ्नो नाममा ल्याए माओवादीलाई धोका दिए, उनलाई साथ दिनेहरू भन्छन्।

माओवादीलाई प्रयोग गरेर बिर्तामोडको महँगो जग्गा आफ्नो नाममा ल्याएपछि प्रसाईको भाग्य चम्कियो। काठको घर भत्काएर उनले जग्गा प्लटिङ गरे। धुरको लाखसम्म मूल्य लिएर केही बिघा जग्गा बेचेर करोडपति बने। काठमाडौँमा पनि जग्गाको कारोबार गरे। भक्तपुरमा आलिसान महल जोडे।

शान्ति प्रक्रिया हुँदै नेपालको राजनीति नयाँ मोडमा आएपछि उनले माओवादी अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारसँग सम्पर्क बढाएका थिए।

duraga-2-1699931128.jpg

नव धनाड्य बनेका उनी प्रचण्डका कान्छा ज्वाँई जीवन आचार्य हुँदै छोरी गंगा दाहालसँग निकट सम्बन्ध राखी प्रचण्डको दैलोसम्म पुगेका थिए। तर, उनको योजनाअनुसार विर्तामोडको बी एन्ड सी मेडिकल कलेजले लाइसेन्स पाएन।पहुँचका आधारमा दिने तयारी पनि भएको थियो। तर, डा. गोविन्द केसीको आन्दोलनका कारण सरकार सम्झौता गर्न बाध्यकारी हुँदा प्रसाईंले सम्बन्धन पाएनन्, स्रोतले भन्यो,‘यसपछि उनी अझ उग्र बने।

सम्बन्धन पाउने आशमा उनले प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घरमा बोलाएर भात खुवाउनतिर पनि लागे। जसको तस्बिर आफैं सामाजिक सञ्जालमा राखेर विवादको नयाँ श्रृङ्खला सुरु गरे।

माओवादीपछि एमाले केन्द्रीय सदस्यसम्म भएका उनी अहिले राजा, राजसंस्था नागरिक महाअभियानका नाममा माओवादी एमाले नेताविरुद्ध गालीगलौजमा नै उत्रिन थालेका छन्।

त्यसो गणतन्त्र नै मान्ने बताउँदै राजा ज्ञानेन्द्र शाहलाई कार्यक्रम उद्घाटन गर्न लगाउँदै विवादमा तानेका उनले काल्पनिक पत्याउनै नसक्ने तर्क गर्न थालेका छन्। तल्लो तहको भाषा प्रयोग गर्ने उनले यतिसम्म झूठ बोल्छन् कि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिन फिनसँग व्यक्तिगत सम्बन्ध रहेको बताउँछन्।

यति मात्र होइन, रसियाका भ्लादिमर पुटिन, युएईका राजा, साउदीका राजासँग पनि सम्बन्ध रहेकोपाल्छी गफ दिन प्रसाईं माहिर छन्।

durga-1699931084.jpg

 

प्रसाईंले प्रत्येक क्षेत्रसँग विवाद कायम राखेका छन्। निर्वाचनबाट नयाँ दलका रुपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई विवादमा तान्नका लागि ढाकाकुमार श्रेष्ठ प्रकरण ल्याए। तर, उनको तुष्टि पूरा भएन। लामिछानेले विवादीत सांसद श्रेष्ठलाई ७२ घन्टामा नै कारबाही गरिदिए।

त्यसअघि उनले ऋण लिएका बैंकविरुद्धको आन्दोलन सुरु गराए। नेपालमा रहेका बैंकिङ क्षेत्रको विसंगतीको विषय उठाउनुको साटो उनी उद्योगी, व्यावसायीको नाम लिएर त्यसविरुद्ध नै उफ्रिए। जबकि, उनी भैंसी पालन व्यावसायदेखि नै बैंकको ऋण नतिर्ने बरु चलिरहेको हावामा लाग्ने त्यसलाई पनि बदनाम गराउने काममा सक्रिय हुन्छन्।

माओवादीमा लागेर माओवादी, एमालेमा लागेर एमालेविरुद्ध आगो ओकल्ने प्रसाईंले आगामी दिनमा राजसंस्था नै बदनाम गराउन सक्ने अवस्था आउने स्वभाविक अनुमान गर्न सकिन्छ। उनको कालो बिगतले त्यहि नै भन्छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्